TodayPati

कोरोना भाइरस संक्रमित भन्दा निको हुने धेरै, १४५ जनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

नेपालमा बुधबार कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा ६,७१४ संक्रमित थपिएका छन् भने सोही अवधिमा ६,७१६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।

Sponsored

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

१९ हजार ३० पीसीआर र ३२२ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा १,४९३ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा १,१३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका छन् ।

Sponsored

मुलुकमा कूल संक्रमित संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *