TodayPati

चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने


टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा १० लाख खोप दिने घोषणा गरेको हो ।

टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

Sponsored

यसअघि चीनले नेपाललाई अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको थियो । दोस्रो चरणको कोभिड महामारी शुरु भएपछि अक्सिजन सिलिन्डरसहित विभिन्न सामग्रीहरु पठाएको सहयोग गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *