TodayPati

नेपाल पत्रकार महासंघ सप्तरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

शुभ नारायण यादव-
सप्तरी, जेठ ११ गते ।

प्रदेश २ सरकार अन्तर्गतको आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको तर्फबाट सप्तरीका सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । मंगलबार नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई हस्तान्तरण गरेको हो ।

सामग्रीहरुमा एक संचारकर्मीका लागि (सर्जिकल मास्क ५० थान, एन–९५ मास्क १० थान, सेनिटाइजर १०० एमएलको २ थान, पंजा २ थान, फेस सिल्ड २ थान) रहेका छन् ।

कोरोना महामारी तिब्र रुपमा फैलिदैं गर्दा अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने सप्तरीका संचारकर्मीहरुका लागि जिल्लामै आएर स्वास्थ्य सामग्री उपलब्ध गराउने आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिबहरी भट्टराईलाई जिल्लाका सम्पूर्ण संचारकर्मीको तर्फबाट महासंघले धन्यवाद ज्ञापन दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *