TodayPati

सप्तरीमा शिक्षक हत्याका अर्का अभियुक्त पनि धरौटीमा छुटे

टुडेपाटी-
सप्तरी, जेठ १० गते ।

सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा भएको शिक्षक हत्या घटनाका अर्का आरोपी पनि पक्राउ परेको साता दिन नवित्दै धरौटीमा छुटेका छन् ।

सप्तरी जिल्ला अदालतबाट सोमबार भएको थुनछेक आदेशले ३ लाख रुपैयाँ धरौटी तिरेर वडा नम्वर ७ कै ४० वर्षीय आरोपी टुनटुन भनिने सुभाष चन्द्र यादव छुटेका हुन् । न्यायाधिस प्रेमबहादुर न्यौपानेको आदेशले हत्याका आरोपी यादवले धरौटी तिरेर रिहा भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

Sponsored

२०७६ असार १० गते बिहान २ बजे तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपािलका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या भएको थियो ।
छोरालाई आठ जनाको समूहले कुटपिट गरी हत्या गरेको भन्दै मृतक बिराजीका बुवा उपेन्द्रप्रसाद यादवले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । असार १२ गते उजुरी दर्ता भएसँगै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

आरोपी यादवलाई गत जेठ ४ गते घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । ‘हामीले पक्राउ गरेपछि यादवलाई सम्मानित जिल्ला अदालतमा पेश गरेका छौं,’ उनले भने ।

यसअघि पनि गत चैत ५ गते प्रहरीले सोही घटनाका आरोपी मध्ये राजविराज नगरपालिका–७ कै २४ वर्षीय श्रवण कुमार महेतालाई ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट पक्राउ गरेको थियो । मेहता पनि धरौटीमै छुटेका छन् ।

Sponsored

गत चैत ३० गते सोही अदालतबाट भएको आदेशअनुसार मेहताले २ लाख रुपैयाँमा धरौटी तिरेर छुटेका थिए । घटनाका अन्य पाँच जना आरोपी अझै फरार रहेकाले खोजी कार्य भइरहेको छ भने आरोपीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *