TodayPati

सप्तरीमा कुटपिटबाट एकजनाको मृत्यु, चारजना पक्राउ

शुभ नारायण यादव-
सप्तरी,जेठ १० गते ।

सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका एक व्यक्तिको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते ५२ वर्षीय रामदल यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्थानीयका अनुसार मादक तथा नशालु पदार्थ सेवन गरी बुधबार राति आपसमा झगडा हुँदा गाउँकै युवाहरुले निर्घात कुटपिट गरेका थिए । सडक किनारमा टाउकोमा धारिलो हतियारले समेत प्रहारबाट गम्भीर घाइते भएका उनी रक्ताम्मे अवस्थामा फेला परेका थिए । उनको बिराटनगरमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

Sponsored

प्रहरीले अनुसन्धानका लागि स्थानीय बिनय यादव, मुकेश यादब, मुकेश पासवान र मनोज यादबलाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितहरुले कदम हटिया नजिक गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग गत बुधबार दिउँसो झगडा गरेका थिए ।

सोही झगडाको रिसमा मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितहरुले बुधबार राति कुटपिट गरेर घाइते अवस्थामा सडक किनारमा छाडेको मृतकका दाजु सरोबर यादवले बताए । पक्राउ परेका युवाहरु यसअघि पनि कुटपिट र लागूऔषध ओसारपसारको आरोपमा पटक–पटक पक्राउ परेको स्थानीयवासीले बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *