TodayPati

आगामी चार हप्तापछि संक्रमण घट्दै जान्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

टुडेपाटी-
काठमाडौं, जेठ १० गते ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले चार हप्तापछि संक्रमण घट्दै जाने बताएका छन् । 

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले भने, ‘अहिले नेपालमा नयाँ भेरियन्ट फैलिएको देखिन्छ । पहिलेको भन्दा घातक छ । आगामी चार हप्तामा संक्रमण घट्दै जान्छ ।’

Sponsored

उनले निषेधाज्ञामा पनि व्यक्तिको आवातजावत प्रभावकारी रूपमा नियन्त्रणमा नआएको र केही सेवा र कार्यहरू सुचारु रहँदा संक्रमणदर अपेक्षाकृत रूपमा नियन्त्रणमा आउन नसकेको बताए ।

खोप खरिदका लागि बेलायत, रूस, भारत र चीनलाई सहजीकरण गरिदिन आग्रह गरिएको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *