TodayPati

बारामा जन्ती बोकेको बस दुर्घटना : १९ जना घाइते, चालक प्रहरी नियन्त्रणमा

टुडेपाटी-
बारा, जेठ १० गते ।

रौतहटबाट बिहेको जन्ती लिएर जाँदै गरेको बस बारामा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर र ७ जना मध्यम घाइते छन् । उनीहरुको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

८ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । सोमबार बिहान जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडक खण्डको डकाहा भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो ।

Sponsored

रौतहटबाट बिहेको जन्ती लिएर जितपुरसिमरा उपमहानगरपालिका-२० बसडिल्वातर्फ जान लागेको ना.४ ख.४७४९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार बस आफैं अनियन्त्रित भइ सडकको बायाँ साइडको खेतमा पल्टिएको थियो । बसमा ४० जना सवार थिए ।

बस चालक रौतहटको चन्द्रपुर नगरपालिका-८ बस्ने ३० वर्षीय अकलेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका सहचालक ३८ वर्षीय मुस्ताक खानको दाहिने खुट्टा काटिएको छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *