TodayPati

महोत्तरीको एउटै टोलमा ५० जनाभन्दा बढी सक्रिय संक्रमित

टुडेपाटी-
महोत्तरी, जेठ १० गते ।

महोत्तरीको भंगहा नगरपालिकाको एउटै बस्तीका ५० जनाभन्दा बढी कोरोना संक्रमित भएका छन् ।

भंगहान नगरपालिका ४ रामनगरबिर्ता टोलका ५० जना बढी संक्रमित रहेको नगर प्रमुख संजिव साहले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

शनिबार मात्र ५० जनाको स्वाब सकल गरि परीक्षण गर्दा २८ जनाको रिपोर्ट पोजेटिभ अाएको उनले बताए । उनका अनुसार सो बस्तीमा पहिलादेखि नै दुई दर्जन बढी सक्रिय संक्रमितहरु छन् ।

स्थानीयबासिन्दाले जथाभावी गर्दा, स्वास्थ्य मापदण्ड पालना नगर्दा सो टोलमा कोरोना सरेको मेयर साहको भनाई छ ।

उनले गाउँबासीलाई लापरबाही नगरी सुरक्षित र सावधानी अपनाउन अाग्रह गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *