TodayPati

बारामा घाँस काट्न गएका किसानको जङ्गली हात्तीको आक्रमणमा मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असोज २८ गते ।

बारामा जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ का ६३ वर्षीय हस्तबहादुर ठोकरको आज बिहान घाँस काट्ने क्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार ठोकर बिहान घाँस काट्न गएका बेला लामो समयसम्म घर नफर्केपछि परिवार र गाउँलेहरूले खोजी गरेका थिए । खोजीको क्रममा उनी जङ्गलमा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

Sponsored

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, कलैयामा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *