TodayPati

जनकपुरमा नागरिकतासम्बन्धी अध्यादेशको स्वागत गर्दै जसपाद्वारा दीप प्रज्वलन

टुडेपाटी-
जनकपुरधाम, जेठ ९ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशको खुसियालीमा जनता समाजवादी पार्टी नेपालले जनकपुरधाममा दीप प्रज्वलन गरेको छ ।

पार्टीका नेता कार्यकर्ताहरूले आइतबार साँझ स्थानीय जनक चोकमा दीप प्रज्वलन गरी अध्यादेशको स्वागत गरेका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य उमेश मण्डलले नेतृत्व पङ्क्तिलाई  मधेशको माग र मुद्दा सम्बोधनका लागि अगाडि बढ्न आग्रह गरे । उनले नागरिकता विधेयक जारी गरेकोमा वर्तमान सरकारलाई धन्यवाद समेत दिए । 

Sponsored

केन्द्रीय सदस्य मण्डलले आफूहरु नेतृत्वपंक्तिको साथमा रहेकाले मधेशको मुद्दाका लागि एक कदम पनि पछाडि नहट्न आग्रह समेत गरे । 

दीप प्रज्वलन कार्यक्रममा जसपाका नेताहरु उमेश मण्डल, राजु चौधरी, मनोज चौधरी, सदाशिव मिश्र, देवकृष्ण मण्डल, रमेश अधिकारी, प्रशान्त झालगायतको उपस्थिति थियो । 

राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

Sponsored

०७२ असोज ०३ गतेअघि जन्मको आधारमा नेपाली नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *