TodayPati

रौतहटमा नक्कली पुलिस पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज २८ गते ।

रौतहटमा आफूलाई प्रहरीको घुमुवा भन्दै विभिन्न ठाउँमा पैसा असुली गर्ने एक व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा परोहा नगरपालिका-२ का ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन्।

बैठाले परोहा-२ लालबकैयामा स्थानीय व्यापारीहरूलाई आफू जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोशाकको प्रहरी हुँ भन्दै धम्क्याएर पैसा असुल गर्दै आएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपी राजन कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो।

Sponsored

बैठाको साथबाट प्रहरीले २२ पोका गाँजा (२०० ग्राम), १० वटा नाइट्रोभेट ट्याब्लेट, एक बोतल Cocas DX, एउटा मोबाइल, नगद १७,९३५ रुपैयाँ र प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।

बैठालाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *