TodayPati

प्रदेश २ : लागुऔषधसहित २ जना सशस्त्र प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।

धनुषामा सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । धनौजी गाउँपालिका ४ स्थित भडरियाबाट शुक्रबार जनकपुर उपमहानगरपालिका १ सिताचोक बस्ने २८ वर्षीय अमित कुमार चौधरीलाई पक्राउ गरेको हो ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

यसैगरी सप्तरीको राजगढ गाउँपालिका-२ स्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले १५ वटा नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाईलेक्स नामक लागुऔषधसहित सप्तरीकै विष्णुपुर गाउँपालिका १ बस्ने २१ वर्षीय शिवशंकर यादव पक्राउ गरेको छ ।

Sponsored

भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबैजनालाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *