सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गयो
टुडेपाटी-
सप्तरी, जेठ ७ गते ।
सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका १२ कुशाहा बस्ने मुनिलाल साहको छोरा वर्ष १० का रुपेश साहको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएपछि स्थानीयले उद्धार गरेर उनलाई उपचारको लागि छिन्नमस्ता अस्पताल लगिएको थियो । बालकलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि बुधबार पनि सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको थियो ।