बटेश्वर गाउँपालिकाका एक शिक्षकको कोरोनाबाट मृत्यु
टुडेपाटी–
जनकपुरधाम, जेठ ७ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा कोरोना संक्रमणबाट एकजना शिक्षकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका ३ का ३७ वर्षीय युवकको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको परिवारजनले जनाएको छ ।
प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ती युवक बटेश्वर गाउँपालिका ४ राम्रोचोक स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षक थिए । लामो समयदेखि मृगौला रोगले पीडित ती युवकलाई केहिदिन अघि कोरोना संक्रमण भएर अवस्था सिकिस्त भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।
मृतक युवकको शव प्रशासनले व्यवस्थापन गर्न कुनै चाँसो नदेखाएपछि आफन्तले अन्त्येष्टिको लागि घर ल्याएको छ । अहिले प्रहरीचोकी बटेश्वरको प्रहरी टोलि त्यहाँ पुगेको छ ।
Sponsored