TodayPati

महोत्तरीबाट बेपत्ता बालक चार दिन पश्चात भारतमा भेटिए

रञ्जन भण्डारी-
महोत्तरी, जेठ ७ गते ।

महोत्तरीको सोनमा गाउपालिका ४ बाट हराएका ६ वर्षीय बालक युवराज महतो चारदिन पश्चात सकुशल फेला परेका छन् । स्थानीय शत्रुधन महतोको छोरा युवराज गत मंगलवार घर बाहिर खेल्दै गर्दा हराएका थिए । बालक शुक्रबार बिहान सकुशल फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले हाल बालक र अभिभावकहरुसंग सोधपुछ तथा अनुसन्धान थालेको छ । उनलाई अभिभावकले नै भारतको सितामढी जिल्ला स्थित सिमा नजिकैको रजवारा भन्ने स्थानबाट उद्धार गरेर ल्याएको बालकको आमा संगिता देवीले वताइन् ।
जिल्ला प्रहरी कार्यालय अभिभावकसहित आइपुगेकोमा प्रहरीले हाल सोधपुछ गरिरहेको र विस्तृत अनुसन्धान पुरा भएपछि बताउन सक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले वताए ।

Sponsored

यता बालका आमा संगिताले आफन्तकै घरबाट बालक ल्याइएको प्रहरीलाई जानकारी गराएकी छन् । उनले आफ्नो वच्चा के कति कारणले आफन्तले लगेको हो भन्ने अझै थाहा नभएको तर बच्चा खोजविन गर्दै गर्दा आफन्त समेत आफुहरुसंगै खोजविनमा लागेको बताइन् ।

उनले ती आफन्तसंग कुनै रिसईवी वा झैझगडा नभएको र गत मंगलवार आफ्नो जेठी छोरीको मटकोर कार्यक्रम रहेकोमा सोहि मटकोरमा ती आफन्त र उनकी श्रीमति समेत आएको बताइन् । उनले जेष्ठ १० गते आफ्नी जेठी छोरीको बिहे रहेको र घर परिवार बिहेकै विधि मटकोरमा व्यस्त रहेको बेला छोरा हराएको बताइन् ।

हालसम्म प्रहरीले घटना वारे विस्तृत वुझिरहेको र ती आफन्तले अपहरण नै गरेका थिए वा अन्य के कति कारणले वच्चा लगेको बारे खुल्न बाँकी छ । बालकलाई परिवारले ३० हजार नगद बुझाएर ल्याएको उनकी आमाले बताइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *