TodayPati

रौतहटमा जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी

टुडेपाटी-

रौतहट, जेठ ६ गते ।

रौतहटमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । दिनहुँ कोरोना संक्रमितजो संख्या बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय रौतहटले आज  एक सूचना जारी गरी भोलि राति १२ बजेदेखि लागू हुनेगरी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

Sponsored

 जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

 रौतहटका सिडिओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा गरिएको जानकारी दिए । 
 निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।  सवारीका साधन संचालनमा समेत रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।  

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *