संसद नरहेका ७ जना मन्त्रीको नियुक्ति सर्वोच्च अदालतद्वारा बदर
टुडेपाटी-
काठमाडौं, जेठ ६ गते ।
सांसद नरहेका पूर्व माअोवादीका ७ जना मन्त्रीको नियुक्ति सर्वोच्च अदालतले बदर गर्न आदेश गरेको छ ।
गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीको नियुक्ति बदर गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले आदेश गरेको हो ।
अधिवक्ता कविलदेव ढकाल र विराज थापाले सांसद नरहेका व्यक्तिको नियुक्ति तत्काल बदरको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
सोही रिट उपर बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले
सांसद नभएका व्यक्ति पटक-पटक मन्त्री हुन नमिल्ने आदेश दिएको हो । उनीहरु माअोवादीबाट एमालेमा अाएपछि प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्री बनाएका थिए । माअोवादीले कारबाही गरि उनीहरुलाई सांसदबाट मुक्त गरेको थियो ।
Sponsored