TodayPati

महोत्तरीको एक पानी उद्योगमा काम गर्ने युवकको करेन्ट लागेर मृत्यु

टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।

महोत्तरीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
बुधबार दिउँसो करिब २ बजेको समयमा बर्दिबास नगरपालिका ५ ढुङ्ग्रे गढान्ताका २१ वर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकै रहेको अक्वा पानी उद्योगमा कार्यरत्त घिमिरेले पानी राख्ने जार सफा गर्ने क्रममा एक्कासी करेन्ट लागि घाइते भएका थिए ।

Sponsored

उनको उपचारको क्रममा शुभ स्वास्तिक अस्पताल बर्दिबासमा सवा २ बजे मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *