TodayPati

जनकपुरका हस्पिटलहरुको अनुगमन हुने

टुडेपाटी-
जनकपुरधाम, जेठ ४ गते ।

जिल्ला संकट व्यवस्थपन समितिले जनकपुर भित्रका सरकारी तथा निजी हस्पिटलहरु अनुगमन गर्ने निर्णय गरेको छ । कोरोना महामारीको समयमा पनि सरकारी तथा निजी हस्पिटलहरुले मनोमानी शुल्क लिने, बेड हुँदा हुँदै बिरामी भर्ना नगर्ने, उपचारमा लापरवाही गर्ने जस्ता प्रवृति बढेको छ ।

मंगलबार बिहान धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलको अध्यक्षतामा बसेको समितिको बैठकले अस्पतालहरु अनुगमन गर्ने निर्णय गरेको हो ।

Sponsored

सरकारी तथा निजी अस्पतालहरुको बेड संख्या, भौतिक र जनशक्तिको अवस्था अनुगमन गरी प्रतिवेदन पेश गर्न जनस्वास्थ्य अधिकृत शिवजी दासको संयोजकत्वमा उद्योगा बाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने गरी समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।

बैठकले जिल्लामा अक्सिजनको अभाव देखिएकाले जिल्ला भित्र रहेका अक्सिजन प्लान्ट तथा डिलरहरुले बाहिर जिल्लाका डिलरहरुसंग समन्वय गरी थप अक्सिजन आपुर्ति गर्ने पहल गर्ने समेत निर्णय गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *