दाजुभाइ हत्या प्रकरण : घटनास्थलमा पुग्यो ‘डगटोली’
टुडेपाटी-
जनकपुरधाम, जेठ ४ गते ।
बारामा दाजुभाइको घाँटी रेटेर हत्या भएको घटनास्थलमा अनुसन्धानका लागि विशेष तालिम प्राप्त कुकुर (डग) टोली पुगेको छ ।
मंगलबार बिहान कलैया उपमहानगरपालिका–७ सरंगपुरमा रहेको सल्फिया कन्जुल उलुम मदरसामा स्थानीय अब्दुल गफार अंशारीका छोरा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी रेटेर विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
हत्यारा पत्ता लगाउन सोहि घटनाको घटनास्थलको अनुसन्धानको लागि विशोष तालि प्राप्त डगटोलि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट घनटास्थल आइपुगेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले टुडेपाटीलाई जानकारी दिए । डग टोलि पुगेर अहिले घटनस्थलको अनुसन्धान सुरु गरेको छ ।
सोमबार साँझ ७ बजे खेल्न निस्केका दाजुभाईको खोजविनको क्रममा बिहान शव मदरसामा विभत्स हत्या भएको अवस्थामा भेटिएको हो । सो घटना पश्चात परिवारजनसहित स्थानीय बासिन्दा शोकमा डुब्नुको साथै त्रसित भएका छन् ।
अंशारीका दुई मात्र छोरा थिए भने दुई छोरी छन् । अंशारी आफै वैदेशिक रोजगारका शिलशिलामा विदेशमा छन् ।
Sponsored
तस्बीर : सौजन्य युनिक यादव
सम्बन्धित समाचार–