TodayPati

सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको कोरोना संक्रमणबाट मृत्यु

शुभ नारायण यादव-
सप्तरी, जेठ ४ गते ।

कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयरको मंगलबार बिहान मृत्यु भएको छ ।

सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोनाबाट मृत्यु भएको सप्तकोशी नगरपालिका वडा न. ५ का वडाअध्यक्ष दिपक लेखीले जानकारी दिए ।

Sponsored

उनको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङहोम तथा विराटनगर अस्पतालमा मंगलबार बिहान ४ बजे मृत्यु भएको हो ।
दोस्रो लहरको कोरोनाकालमा यो सहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको संख्या ३ पुगेको वडाअध्यक्ष लेखीले बताए ।

दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारजनले जानकारी दिएका छन् ।

Sponsored

३ दिन अघि मात्रै उनको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो । वच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । उनको ७ वर्षीय एक छोरो छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *