TodayPati

सप्तरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

शुभ नारायण यादव-
सप्तरी, जेठ ३ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा थप एकजनासहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिराटनगरस्थित नोबेल अस्पतालमा तीनदिनदेखि उपचाररत कञ्चनरुप नगरपालिका ९ का ४३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

Sponsored

कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार आज बिहान ४३ बर्षिय पुरुषको मृत्यु भएको हो ।

हालसम्म सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ जना पुगेको छ । कञ्चनरुप नगरपालिकामा हाल १ सय ५६ जना कोरोना संक्रमित रहेको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ ।

आइतवार मात्रै संक्रमणबाट कञ्चनरुप नगरपालिका–८का एक पुरुष र वडा नम्बर ९का ६७ बर्षका पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो । जिल्लामै कञ्चनरुप नगरपालिका–३ का थप एकजना पुरुषको मृत्युु भएको छ तर उनको पीसीआर रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *