TodayPati

वीरगञ्जमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु

टुडेपाटी-
पर्सा, जेठ ३ गते ।

पर्सामा कोरोना भाइरसको चपेटामा परेका थप ८ जनाको मृत्यु भएको छ । मृतक ती संक्रमितहरु वीरगञ्जको विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार पर्सा कालिकामाई गाउँपालिका–२ का ४८ वर्षीय पुरुषको भवानी अस्पतालमा बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको छ । वीरगन्ज–१० का ६५ वर्षीय पुरुषको वीरगन्ज हेल्थ केयर अस्पतालमा बिहान ११ बजेर ४५ मिनेटमा मृत्यु भएको छ ।

Sponsored

वीरगन्ज–१६ का ५२ वर्षीय पुरुषको नारायणी अस्पतालमा बिहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको छ । वीरगन्ज–२२ का ४५ वर्षीय पुरुषको नारायणी अस्पतालमा ६ बजेर ५ मिनेटमा मृत्यु भएको छ ।

नारायणी अस्पतालमा बिहान १ बजेर ४५ मिनेटमा बाराका ४६ वर्षीय पुरुषको बिहान १ बजेर ५० मिनेटमा, बाराकै ५० वर्षीया महिलाको बिहान ३ बजेर ५ मिनेटमा, वीरगन्ज–८ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । दिउँसो ३ बजेर १५ मिनेटमा भवानी अस्पतालमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *