TodayPati

सप्तरीका थप एकजना संक्रमितको कोशी अस्पतालमा मृत्यु

शुभ नारायण यादव-
सप्तरी , वैशाख २२ गते ।

सप्तरीका थप एक जना कोरोना संक्रमितको काेशि अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.–४ लालापटिका ३७ वर्षीय एक पुरुषको विराटनगरस्थित कोशी अस्पताल मातहत रहेको कोभिड अस्पतालमा विहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार विरामी परेपछि उनलाई उपचारको लागि अस्पतलामा भर्ना गरिएको थियो । सोही क्रममा परिक्षण गर्दा उनमा मंगलबार संक्रमण पुष्टि निमित्त प्रमुख यादवले बताएका छन् ।

Sponsored

योसँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएकाे छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *