TodayPati

वीरगञ्जमा कोरोना संक्रमणबाट युवकको मृत्यु, थिएन दीर्घ रोगी

टुडेपाटी-

वीरगञ्ज, वैशाख २१ गते ।


वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै वीरगञ्जको नारायणी अस्पतालमा मात्रै अहिलेसम्म २८ जनाको मृत्यु भएको छ ।

Sponsored

तीन दिनदेखि भेन्टिलेटरमा रहेका वीरगञ्ज महानगरपालिका–१६ बस्ने २६ वर्षीय पुरुषको मृत्यु भएको हो । मंगलबार बिहान साढे ११ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । डाक्टर दासका अनुसार मृतक युवकमा कुनैपनि दीर्घ रोग थिएन ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई वैशाख १६ गते नारायणी अस्पतालमा ल्याइएको थियो । सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ देखिएको थियो । कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगरेपछि उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *