TodayPati

सप्तरीका काेराेना संक्रमित शिक्षकको धरानमा मृत्‍यु

शुभ नारायण यादव-
सप्तरी, वैशाख २१ गते ।

सप्तरीका एक काेराेना संक्रमित शिक्षकको उपचारको क्रममा धरानमा मृत्‍यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तकोशी नगरपालिका वडा न. १ का ५० वर्षीय शिक्षकको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५:१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए ।

Sponsored

उनी उच्च रक्तचाप र अन्‍य दीर्घ रोगी थिए । योसँगै सप्तरीमा काेराेना कहरको दोस्रो लहरमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने सप्तरीमा कुल संक्रमितको सङ्ख्या १२७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *