TodayPati

ओली पक्षमा लागेका धनुषाका एक मेयरसहित तीन उपमेयरको पद धरापमा, माओवादीले सोध्यो स्पष्टीकरण

टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।

नेकपा एमालेको ओली पक्षमा लागेका धनुषाका माओवादी केन्द्रबाट निर्वाचित एक मेयरसहित तीन उपमेयरको पद धरापमा परेको छ ।

केहिदिन अघि मात्र ओली पक्षमा लागेको भन्दै माओवादी केन्द्रले रौतहटको दुई मेयरसहित पँच उपमेयरलाई पार्टीबाट निस्काशन गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो । सोहि क्रममा ओली पक्षमै लागेका धनुषाका विदेह नगरपालिकाका मेयर बेचन दाससहित तीन उपमेयरलाई पहिलो चरणमा माओवादीले स्पष्टीकरण सोधेको हो ।

Sponsored

May be an image of text

विदेह नगरपालिकाकी उपमेयर निलम देवी मण्डल, सहीदनगर नगरपालिकाकाकी उपमेयर शिला देवी कापर र सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापरलाई माओवादी केन्द्र जिल्ला कमिटीले स्पष्टीकरण सोधेको हो ।

No photo description available.

माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार बरबरिया यादव जीवन र जिल्ला सचिव दीपक यादवले संयुक्त हस्ताक्षर गरेको पत्र चारैजनालाई तीनदिन भित्र लिखति जवाफ पेश गर्न निर्देशन दिएको हो ।

May be an image of text

पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै लिखित स्पष्टीकरण पेश गर्न पत्रमा भनिएको छ ।

Sponsored

May be an image of text

पत्रमा सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्के तापनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन, तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन र तपाईंले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन भन्ने प्रश्नसहितको जवाफ दिन भनेको छ । पहिलो चरणमा स्पष्टीकरण सोधेको माओवादीले जवाफ प्राप्त भएपछि कुनै प्रकारको निर्णय लिने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *