TodayPati

सर्लाहीको एक पेट्रोल पम्पमा संसाझै गोली पड्काउँदै लाखौं डकैती

टुडेपाटी-
सर्लाही, वैशाख १७ गते ।

र्दुइवटा प्रहरीचोकीकै छेउमा रहेको सर्लाहीको एक पेट्रोल पम्पमा संसाझै डकैती भएको छ । सर्लाहीको पर्सा गाउपालिका वार्ड नं, २ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेनटर (पेट्रोल पम्प) मा शुक्रबार साँझ डकैती भएको हो ।

पर्सा गाउपालिका वार्ड नम्बर ३ का अध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका डाकाहरुले हवाइफायर गर्दै लाखौं रकम लुपटाट गरेर फरार भएका छन् । संचालकले १० लाख रकम लुटेर लगेको बताएका छन् ।

Sponsored

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले ४ लाख रुपैयाँ लुटेर भागेको जानकारी पाएको टुडेपाटीलाई जानकारी दिए ।

घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको बताइएको छ । उनले घटनाको अनुसन्धन र लुटपाट गरेर भाग्नेको खोजी कार्य भइरहेको समेत बताए । डकैती भएको सय मिटरको दुरीमा नेपाल प्रहरी र सशस्त्र पैहरीको चौकी रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *