TodayPati

प्रदेश २ मा थप २८७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २ हजार नाघ्यो

टुडेपाटी-

जनकपुरधाम, वैशाख १७ गते ।

प्रदेश २ मा थप २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ ।

Sponsored

शुक्रबार पर्सामा १ सय ३५, धनुषामा ४४, बारामा ३५, सप्तरीमा २७, महोत्तरीमा १८, सिरहामा १०, रौतहटमा १०, सर्लाहीमा ७ र अन्य प्रदेशका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै सक्रिय संक्रमितको संख्या २ हजार १ सय ३६ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

हाल पर्सामा सबैभन्दा बढी १ हजार २ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै धनुषामा २ सय ८५, बारामा २ सय ५१, रौतहटमा १ सय २३, महोत्तरीमा ८६, सप्तरीमा ७१, सिरहामा ४९ र सर्लाहीमा १६ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार ११ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने संक्रमितहरु धनुषाका मात्र रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *