थप ५ जिल्लामा निषेधाज्ञा घोषणा
टुडेपाटी-
जनकपुरधाम, वैशाख १८ गते ।
तीव्र रुपमा फैलिँदै गएको कोरोना महामारीको कारण सरकारले थप पाँच जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा, दार्चुला र झापा जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।
जाजरकोटमा आज (शनिबार) देखि निषेधाज्ञा लागू हुने छ भने दार्चुला, रुकुम पश्चिम, डडेल्धुरा र झापा जिल्लामा भने आइतबारदेखि निषेधाज्ञा लागू हुने सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
जाजरकोटमा वैशाख १८ गतेदेखि २५ गतेसम्म, रुकुम पश्चिममा आइतबारदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । झापामा भने सवारी साधन जोरबिजोर प्रणाली अनुसार चलाउन पाइने आदेशमा उल्लेख छ ।
यी जिल्लाहरुमा आवश्यक्ता अनुसार जिल्ला भरि पूर्ण रुपमा, संक्रमण बढी फैलिएका पालिका तथा आंशिक रुपमा लकडाउन गर्ने जनाएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, बागलुङ, कालीकोट, बाँके, बर्दिया र सुर्खेतमा यसअघि नै निषेधाज्ञा लागू छ ।
यो सँगै देशभर निषेधाज्ञा लागू भएका जिल्लाको संख्या २३ पुगेको छ ।
Sponsored
सरकारले कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।