TodayPati

प्रदेश लोकसेवा आयोगलाई भर्ना प्रक्रिया शुरु गर्न मुख्यमन्त्री राउतको निर्देशन

टुडेपाटी-
जनकपुरधाम, बैशाख १७ गते ।

प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब शुरु गर्न निर्देशन दिएका छन् ।

प्रदेश लोकसेवा आयोगले गरिरहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन जारी गरेको हो ।

Sponsored

आयोगले कर्मचारी भर्ना सम्बन्धि क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेण्डर अनुसारनै भर्ना प्रक्रिया शुरु गर्नु पर्ने बताए ।

छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष लगायतका पदाधिकारी एवं सचिवले आयोगले गर्दे आएको कामकाजबारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ्ग गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *