धनुषामा आइतबारदेखि मालपोत र नापी कार्यालय अनिश्चितकालीन बन्द
टुडेपाटी-
जनकपुरधाम, वैशाख १७ गते ।
भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषा दुबै आइतबारदेखि अनिश्चितकालीन बन्द हुने भएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि मालपोतमा मुद्दाबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए ।
जोखिम नियन्त्रण गर्न भीडभाड कम गरी कार्यालय संचालन गर्ने व्यवसथा मिलाउँदासमेत भीड बढ्दै गएकाले सेवा बन्द गर्नुपरेको मालपोत कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी आइतबारदेखि नापी कार्यालय धनुषाले समेत आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ । अर्को सूचना नआउन्जेलसम्मका लागि सम्पूर्ण सेवा प्रवाह स्थागित गरिएको नापी अधिकृत विन्देश्वर यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
Sponsored
My home r oka