TodayPati

महोत्तरीका वृद्ध झा दम्पती हत्याकाण्ड : ६ जना जेल चलान, एक वृद्धा धरौटीमा छुटे

रञ्जन भण्डारी-
महोत्तरी, वैशाख १७ गते ।

महोत्तरीका वृद्ध झा दम्पती हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनामध्ये एक वृद्धालाई दुई लाख धरौटीमा छोड्न महोत्तरी जिल्ला अदालतले आदेश दिएको छ ।

गत फागुन ११ गते घरबाट बेपत्ता भई चैत १२ गते सडेगलेको अवस्थामा माटोमुनि शव फेला परेका वृद्धदम्पतीको हत्यामा संलग्न अन्य ६ जनालाई भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।

Sponsored

महोत्तरी जिल्ला अदालतको ५ नं. बेन्चका न्यायाधीश डा. रमेशप्रसाद रिजालको एकल इजलासले उक्त आदेश दिएको हो । पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्ध मुसाफिर झा र उनकी श्रीमती गीतादेवीको हत्या आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरी यथेष्ठ सबुत प्रमाणका साथ जिल्ला अदालत महोत्तरीमा न्यायका लागि मुद्दा बुझाएको थियो ।

अदालतले पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्धा तारादेवीलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको तथा थप अभियुक्तहरू उनकै जेठा छोरा कैलाश झा, कान्छा छोरा बब्लु भन्ने विकास झालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ । 

यता सोही मुद्दामा रगत भेटिएको र अन्य विभिन्न सबुत प्रमाणको आधारमा प्रहरीले पक्राउ गरेका थप चारजना सोही ठाउँ निवासी ५२ वर्षीय रामबाबु यादव, राजेन्द्र यादव , सुरेन्द्र यादव तथा भारत बिहार घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका– ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई समेत पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *