कोरोना संक्रमितको लागि वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक स्थापना
टुडेपाटी-
वीरगञ्ज, वैशाख १४ गते ।
अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकामा निःशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ ।
लायन्स क्लबहरुसँगको सहकार्यमा वीरगञ्ज महानगरपालिकाले अक्सिन बैंक स्थापना गरेको हो ।
अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले सहयोग गरेको महानगरपालिकाले जनाएको छ ।
कोरोनाको जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि निशुल्क रुपमा अक्सिजन वितरण गर्न लागिएको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।
अस्पतालहरुमा अक्सिजनको अभाव भए संक्रमितहरुका लागि निःशुल्क अक्सिजन उपलब्ध गराउने उनले बताए ।
Sponsored