प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय नाघ्यो
टुडेपाटी-
जनकपुरधाम, वैशाख १४ गते ।
प्रदेश २ मा मंगलबार थप १ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ का विभिन्न प्रयोगशालामा एन्टिजेन र स्वाब परिक्षण विधिबाट गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।
प्रदेश जनस्वासथ्य निर्देशनालयका अनुसार पर्सामा ६५, बारामा १२, सप्तरीमा १५, धनुषामा १८, महोत्तरीमा ४, सिरहामा ३, र सर्लाहीमा एकजनामा संक्रमण पुष्टि छ ।
योसँगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या एक हजार ४ सय १७ पुगेको छ ।
Sponsored