TodayPati

सिरहाका एक युवकको मृत्युपछि कोरोना पुष्टि

टुडेपाटी-
जनकपुरधाम, वैशाख १३ गते ।

सिरहामा एक युवकको मृत्युपछि कोरोना पुष्टि भएको छ । सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ३४ वर्षका पुरुषलाई मृत्यु पश्चात कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

गएको वैशाख ६ गते कोरोना जस्तै लक्षण देखिएर स्वास्थ्य अवस्था खराब हुँदा स्थानीय भुमिजा अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि बाहिर लग्दै गर्दा बिहान १० बजे बाटोमै ती युवकको मृत्यु भएको थियो ।

Sponsored

मृत्यु पश्चात स्वाब संकलनगरी परिक्षण गर्दा बैशाख ७ गत्ते रिर्पोट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *