प्रदेश २ : तीन कर्मचारीलाई कोरोना संक्रमण भएपछि प्रदेशसभा बैठक स्थगित
टुडेपाटी-
जनकपुरधाम, वैशाख १३ गते ।
प्रदेश २ प्रदेशसभा सचिवालयका तीनजना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । सचिवालयका तीनजना कर्मचारी संक्रमित भएपछि वैशाख १४ गते बस्न तय भएको प्रदेशसभा सबैठक स्थागित गरिएको छ ।
प्रदेशसभाको पाँचौ अधिवेशनको तेश्रो वैठक अर्को सूचना जारी नभएसम्मका लागि बस्थगित गरिएको प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवले जानकारी दिए ।
लामोसमय पश्चात प्रदेशसभाको पाँचौ अधिवेशन चैत ३० गतेदेखि सुरु भएको थियो । दोश्रो बैठक वैशाख १० गते भएपछि अर्को बैठक वैशाख १४ गतेको लागि तय गरिएको थियो ।
पाँचौ अधिवेशन शुरु भएपछि प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रक्रिया शुरु भएको छ ।
Sponsored