TodayPati

सप्तरीमा पक्राउ परेका ११ जना स्कुल संचालक र प्रिन्सिपल छुटे


शुुभनारायण यादव-
सप्तरी, बैशाख १३ गते ।

सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने क्रममा पक्राउ परेका सप्तरीको राजविराजका ११ जना विद्यालय संचालक तथा प्रिन्सीपल छुटेका छन् ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादव लगायतसंघसंस्थाको पहलमा पक्राउ संचालक तथा प्रिन्सीपलहरुलाई प्रहरीले सोमबार साँझ रिहा गरेको हो ।

Sponsored

मेयर यादव, उपमेयर साधना झा ,नेपाल प्याब्सनका जिल्ला अध्यक्ष दिनेश यादव, प्याब्सन अध्यक्ष देबानन्द चौधरी ,नेशनल प्याब्सन अध्यक्ष बौकु साह, युवा नेता शम्भु यादव सहित जिल्ला भरिका शिक्षक तथा फाउण्डरहरुको पहलमा प्रहरीले उनीहरुलाई छाडेको हो ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै सोमबार बिहान विद्यालय चलाइरहेको अवस्थामा ११ जना सञ्चालक तथा प्रिन्सीपललाई प्रहरीले पक्राउ गरको थियो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फण्रिन्द्रमणी पोखरेल र राजविराज नगरपालिकाका मेयर शम्भु यादवको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमणको क्रममा संचालक तथा प्रिन्सीपलहरु पक्राउ परेका थिए ।

Sponsored

पक्राउ परी रिहा हुनेहरूमा सप्तरीको राजबिराज नगरपालिका ८ का लक्ष्मी ईंकलिस बोडिं स्कुलका संचालक वर्ष ३८ का राजेश कुमार यादव, राजबिराज नगरपालिका ८ बस्ने स्कुलका संचालक बैधनाथ कुमार झा, सोहि ठाउँका स्कुलका संचालक बुलन्द साह, राजबिराज ५ का ह्यापी ल्याण्ड माध्यमिक विद्यालयका संचालक शैलेन्द्र कुमार ठाकुर, जानकी सेकेन्डरी स्कुलका शिक्षक हरी किसुन राम छन् ।

यस्तै सोहि ठाउँ बस्ने एन्जल बोडिङ स्कुलका संचालक नरेन्द्र प्रसाद देव, वडा नं. २ बस्ने पिस जोन स्कुलका संचालक उमाकान्त साह, वडा नं.१ बस्ने सृजना सेकेन्डरी बोडिङ स्कुलका शिक्षक रिमा झा, वडा नं. २ बस्ने लिटिल फ्लावर सेकेन्डरी स्कुलका संचालक डा.कामन्त देव , ग्रिन ईंगलिस बोडिङ स्कुलका शिक्षक मनोज यादव र बिष्णुपुर गाउँपालिका वडा नं. ६ बस्ने सिब्स बोर्डिङ्ग स्कुलका संचालक नरेश साह छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *