TodayPati

जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि दिनअनुसार पालिकालाई सेवा सुरु गर्दै

टुडेपाटी-
जनकपुरधाम, वैशाख १२ गते ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भीडभाड हुन नदिन जिल्ला प्रशासन कार्यालय धनुषाले आज (आइतबार)देखि दिन अनुसार सेवा प्रादान गर्न लागेको छ ।

धनुषा जिल्लामा अन्तर्गत रहेको १८ वटा पालिकाहरुलाई दिन अनुसार पालैपालो सेवा दिन लागेको हो ।

Sponsored

जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार सेवा प्रवाहसम्बन्धी तालिका तयार गरी सूचना जारी गर्दै वैशाख १२ गते आइतबारदेखि दिन तोकेर पालिकाहरुलाई पालैपालो सेवा प्रदान गर्ने जनाएको थियो ।

जस अनुसार आजदेखि पालैपालो पालिकाहरुलाई सेवा दिन लागेको हो । तालिका अनुसार आज आइतबारको पालो सबैला, गणेशमान चारनाथ र नगराइन नगरपालिकाको परेको छ ।

सोमबार मिथिलाबिहारी, क्षिरेश्वरनाथ र धनुषाधाम नगरपालिकाको जनताले सेवा पाउने पालो परेको छ भने मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिको पालो रहेको छ ।

Sponsored

त्यसैगरी बुधबार लक्ष्मीनिया गाउँपालिका, हंशपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाको सेवा प्रवाह गरिने सूचनामा उल्लेख छ ।

बिहीबार औरही गाउँपालिका, सहिदनगर र विदेहनगर नगरपालिकाको सेवा प्रवाह गरिने छ भने शुक्रबार मात्र जनकपुरधाम उपमहानगरपालिकाको सेवा प्रवाह गरिने प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार संघसंस्था दर्ता र नविकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका, छापाखाना दर्ता तथा विधान संशोधनको सेवा प्रवाह बिहीबार र शुक्रबार मात्र गरिने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *