प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिस्ठ अधिकृत झालाई दोश्रो पटक कोरोना, पाटन अस्पताल भर्ना
टुडेपाटी-
जनकपुरधाम, वैशाख ११ गते ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिस्ठ जनस्वास्थ्य अधिकृत विजय झालाई दोश्रो पटक कोरोना संक्रमण भएको छ । गएको वैशाख ५ गते कोरोना पुष्टि भएपछि बरिस्ठ अधिकृत झा होमअाइसोलेशना थिए ।
शुक्रबार अचानक स्वास्थ्य अवस्था खराब भएपछि राति नै उनलाई काठमाडौंको पाटन हस्पिटल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सिकिस्त भएपछि जनकपुरमा उपचार सम्भव नहुँदा काठमाडौं लगिएको परिवारजनले जनाएको छ ।
प्रदेश २ को समाजिक विकास मन्त्रालयका बरिस्ठ जनस्वास्थ्य प्रशासक समेत रहेका झा प्रदेश २ मा एकवर्षदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवं संक्रमितको तथ्यांक संकलन लगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै अाएका थिए ।
सोही क्रममा उनी दोश्रो पटक संक्रमित भएका छन् ।
Sponsored