रौतहटमा चट्याङ लागेर एक युवकको ज्यान गयो
टुडेपाटी-
रौतहट, वैशाख ९ गते ।
रौतहटमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ ।
हावाहुरी र वर्षासँगै आएको चट्या गुजारा नगरपालिका ७ पल्टुवागाउँका ४५ वर्षीय लक्षण महराको मृत्यु भएको हो ।
आफन्तको घरबाट बिहीबार बिहान सौचगर्न खेततर्फ गएको बेला चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए ।
घटनाबारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sponsored