प्रदेश २ बाट सुरु भयो मास्क तस्करी, २० हजार मास्क सहित दुइजना प्रहरीको फन्दामा
टुडेपाटी
वीरगंज, चैत ६ गते ।
प्रदेश २ को पश्चिमी जिल्ला पर्साबाट २० हजार मास्कसहित दुईजना पक्राउ परेका छन्। नेपालबाट भारततर्फ लैजान लागिएको सो मास्क सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३८ का सुलिन जैसवाल र वर्ष २६ का अजय महतो कोइरी रहेका छन्।
कोरोना भाइरस ९कोभिड १९०को बढ्दो सन्त्रासका कारण नेपालबाट मास्क खरिद गरी भारततर्फ लैजान लागिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनाले काठमाडौँबाट मास्क खरिद गरी बसमा लोड गरेर भारततर्फ लगिरहेको अवस्थामा पोखरिया नगरपालिका वडा नम्बर ४ बाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
Sponsored