मलंगवाका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु
टुडेपाटी-
वीरगञ्ज, वैशाख ८ गते ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै वीरगञ्जको नारायणी अस्पतालमा संक्रमितको धमाधम मृत्यु भइरहेको छ । यसैबीच बुधबार बिहान अस्पतालमा उपचार गराइ रहेका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सर्लाहीको मलङवा नगरपालिका २ निवासी ४२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
उनी मंगलबार मात्र अस्पताल भर्ना भएका थिए । चैत यता नारायणी अस्पतालमा आधा दर्जन बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।