पर्सा र रौतहटमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना
टुडेपाटी-
जनकपुरधाम, वैशाख ८ गते ।
कोरोना महामारीको प्रभावको बढदै गएपछि पर्सा र रौतहटमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना तोकेको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्सा र रौतहटले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्नुको साथै मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गर्न थालेको हो ।
पर्सामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश २ मै पर्सा जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय समेत गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन ।
Sponsored