TodayPati

पर्साबाट १९ किलो गाँजासहित एकजना प्रहरीको फन्दामा

टुडेपाटी-
पर्सा, वैशाख ८ गते ।

पर्सामा १९ किलो अवैध लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१३ मुर्ली बस्ने उमर अन्सारीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त प्रतिबन्धित लागुऔषध गाँजासहित उनलाई विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

Sponsored

ना३८प ६२२६ नंको मोटरसाइकलमा राखी भारततर्फ जाने क्रममा प्रहरीले अन्सारीलाई गाँजासहित नियन्त्रणमा लिएको उनले बताए ।

उनले मङ्गलबार वीरगञ्जबाट दक्षिणततर्फ जाँदै गरेका अन्सारीलाई रोकी जाँच गर्दा दुई पोकामा रहेको गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि अन्सारीलाई नियन्त्रणमा लिइएको बताए ।

बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *