प्रहरी कार्यालयमा कुटाकुटको भिडियो खिच्ने पत्रकारमाथि दुव्र्यवहार, मोबाइल खोसेर भिडियो डिलिट
टुडेपाटी-
जनकपुरधाम, वैशाख ७ गते ।
महोत्तरी जिल्ला स्थित ईलाका प्रहरी कार्यालय गौशालामा दुई पक्षबीच भइरहेको कुटाकुटको भिडियो कैद गर्ने पत्रकारलाई प्रहरीले दुव्र्यवहार गरेको छ ।
ईलाका प्रहरी कार्यालय परिसरमा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा भइरहेको छलफलमा दुई पक्षबीच कुटाकुट हुनथालेपछि नेपाल पत्रकार महासंघ महोतरीका सचिव राजकरण महतो भिडियो कैद गर्न खोज्दा प्रहरीले दुव्र्यवहार गरेको हो ।
अन्नपुर्ण पोष्टका महोत्तरी संवादाता पत्रकार महतोलाई प्रहरीले गाली बेइज्जती गर्दै हातपात समेत गरेका छन् ।
पत्रकार महतोको मोबाइल खोसेर उनले खिचेका भिडियो र फोटो प्रहरीेले डिलिट गरिदिएको छ ।
Sponsored
कार्यालयमा भइरहेको छलफलमा विवाद भएको र विवादको तस्वीर अनुमति विना लिएका कारण प्रहरीले मोवाइल नियन्त्रणमा लिएर फोटो भिडियो डिलेट गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।