TodayPati

महोत्तरीमा पत्रकार महतोमाथि प्रहरीले गरेको दुव्र्यवहारप्रति महासंघद्वारा कारबाहीको माग

टुडेपाटी-
जनकपुरधाम, वैशाख ७ गते ।

महोत्तरीमा दुई पक्षबीच भइरहेको कुटाकुटको भिडियो कैद गर्ने पत्रकारलाई प्रहरीले गरेको दुव्र्यवहारको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घोर भत्र्सना गरेको छ ।

मंगलबा दिउँसो करिब साढे ३ बजे ईलाका प्रहरी कार्यालय गौशालामा परिसरमा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा भइरहेको छलफलमा दुई पक्षबीच कुटाकुट हुनथालेपछि नेपाल पत्रकार महासंघ महोतरीका सचिव तथा अन्नपूर्ण पोष्टका महोत्तरी संवाददाता राजकरण महतो भिडियो कैद गर्न खोज्दा प्रहरीले दुव्र्यवहार गरेको प्रति महांसघले निन्दा गरेको हो ।

Sponsored

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्ष कमलेश मण्डलले विज्ञप्ति जारी गर्दै पत्रकार महतोलाई प्रहरीले गाली बेइज्जती गर्दै हातपात समेत गरेको घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ ।

घटनाको विषयमा सत्य तथ्य बुझन तीन सदस्ययी समित गठन

इलाका प्रहरी कार्यालय गौशालमा पत्रकार महतोमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले उपाध्यक्ष हेमकुमारी बरालको संयोजकत्वमा तीन सदस्ययी समित गठन गरेको छ ।

Sponsored

महासंघले घटनाको यर्थात बुझन उपाध्यक्ष बरालको संयोजकत्वमा सह सचिव रामनारायण महतो र धनवीर महतो समितिमा छन् ।

प्रहरी कार्यालयमा कुटाकुटको भिडियो खिच्ने पत्रकारमाथि दुव्र्यवहार, मोबाइल खोसेर भिडियो डिलिट

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *