TodayPati

वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु

टुडेपाटी-
वीरगञ्ज, वैशाख ७ गते ।

वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ । सोमबार राति वीरगञ्ज १४ बहुअरी बस्ने ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ९ दिनअघि अस्पतालमा भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ ।

Sponsored

उनमा श्वासप्रश्वासको समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रस्त रहेको थियो ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वीरगञ्जमा ६ जनाको मृत्यु भइसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *