जिल्ला प्रशासन कार्यालय पर्साले अब दिन अनुसार पालिकालाई सेवा दिने
टुडेपाटी-
वीरगन्ज, वैशाख ७ गते ।
कोरोना संक्रमण समुदायमा फैलिएपछि भीडभाड हुँन नदिन जिल्ला प्रशासन कार्यालय पर्साले पालिका अनुसार सेवा प्रवाह गर्ने भएको छ ।
सोमबार सूचना जारी गर्दै जिल्ला प्रशासनले
मंगलबारदेखि लागु हुने दिन तोकेर सेवा पालिका अनुसार सेवा प्रवाह गर्न लागेको हो ।
पर्सा जिल्लामा १४ वटा पालिका छन् ।
Sponsored
बढ्दो कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा प्रवाह गर्न यसो गरिएको प्रशासनको तर्क छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीद्वारा जारी सूचनामा भिडभाड व्यवस्थापन गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको उल्लेख छ ।
अर्को सूचना जारी नभएसम्म शान्ति सुरक्षा, मुद्धा तथा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु तालिका अनुसार नै प्रवाह हुने प्रशासनले जनाएको छ।
यस्तो छ सेवा प्रवाहको तालिका :