चितवनको अयोध्यापुरीमा स्थापना गर्न भगवान् राम र सीताको मूर्तिलाई बालुवाटारमा पूजा गरेर पठाइयो
टुडेपाटी-
काठमाडौं, वैशाख ६ गते ।
चितवनको अयोध्यापुरीमा स्थापना गर्ने भगवान् राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरिएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका हुन् ।
बालुवाटारमा वैदिक अनुष्ठानसहित पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो ।
राम, लक्ष्मण, सीता र हनुमानका प्रतीमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ।
संस्कृती मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भने भोली अयोध्यापुरीमा मूर्ति स्थापना गर्ने बताए ।
Sponsored
प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच प्रतीमासहितको रथयात्रालाई विदाई गरेकी थिइन। मूर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाट रहने र भोलि बिहान माडीको अयोध्यापुरी लगिने जनाएको छ।
अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा रामनवमीको दिन प्राणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ।